काठमाडौं, ५ पुस
विभागीय टोली एपीएफ फुटबल क्लबले पहिलो पटक विदेशी खेलाडी अनुबन्ध गरेको छ । एपीएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ चरणको खेलमा साेमबार फ्रेण्ड्स क्लबविरुद्ध पहिलो पटक विदेशी खेलाडी मैदान उतारेको हो ।
फ्रेण्ड्स क्लबविरुद्ध जापानी गोलरक्षक युवा कुरियामाले प्लेईङ सेटमा खेल्दै विभागीय टोलीबाट फुटबल खेल्ने पहिलो विदेशी खेलाडीको नाममा कीर्तिमान राखे । एएफसी क्लब लाइसेन्स पाएपछि एपीएफले पहिलो पटक विदेशी खेलाडी अनुबन्धन गरेको हो । यसअघि तीनै विभागीय क्लबले विदेशी खेलाडी भित्र्याउने प्रावधान थिएन ।
तर, एएफसी लाइसेन्स पाएसँगै विभागीय क्लबलाईसमेत विदेशी खेलाडी खेलाउने बाटो खुलेको हो । टोलीका नियमित दुई गोलरक्षक घाइते भए पनि एपीएफले कुरियामालाई टोलीमा समावेश गरेको हो । कुरियामाले डेब्यु खेलमै जितबाट सुरुवात गरेका छन् ।
दशरथ रंशालामा भएको खेलमा एपीएफले फ्रेण्ड्सलाई ३-१ अन्तरले पराजित गर्याे । पहिलो जितसँगै एपीएफले पाँच खेलबाट ४ अंक बनाउँदै ११औँ स्थानमा रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |