धादिङ,०४ पुस।
धादिङको ज्वालामुखी गाउँपालिका–६ मा प्रथम चित्रेकालिका धार्मिक तथा पर्यटन महोत्सव सुरु भएको छ ।ज्वालामुखी गाउँपालिका वडा नं ६ को आयोजना तथा गाउँपालिकाको संरक्षक र प्रथम चित्रेकालिका धार्मिक तथा पर्यटन मेला मुल समारोह समितिको व्यवस्थापकमा सुरु भएको महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गर्नुभएको हो।
महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पाण्डेले बुढिगण्डकी आयोजना निर्माणमा दुबिधामा नपर्न आग्रह गर्नुभएको छ।बुढिगण्डकी जलविद्युत आयोजना केन्द्रिय सरकारको प्राथमिकतामा रहेको भन्दै पाण्डेले आयोजनाको लागि जग्गा मुआब्जामा ठूलो रकम खर्च भईसकेकाले आयोजना तत्काल निर्माण प्रक्रियाको काम अगाडि बढाउने बताउनुभयो।
कार्यक्रममा संविधानसभा सदस्य गुरुप्रसाद बुर्लाकोटी, नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सिना, टानका अध्यक्ष खुमबहादुर सुवेदी लगाएतको आतिथ्य रहेको थियो।
हरेक बर्षको धान्य पुर्णिमाको दिन परापुर्वकालदेखि नै मनाउदै आएको जात्रालाई स्थानीय स्तरका धर्म संस्कृतिको जगेर्ना गर्न र गाउँगाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले वडा कार्यालयले महोत्सवकै रुपमा मनाएको वडा अध्यक्ष अर्जुन अर्यालले बताउनुभयो।महोत्सवमा स्थानीय ठाउँमा पाइने कृषिजन्य उत्पादन, घरेलु उत्पादन प्रदर्शनमा राखिएको छ ।
सोमबार साँझसम्म चल्ने जात्रामा आउने जात्रालु र भक्तजनलाई मध्यनजर गर्दै विभिन्न स्टलहरु निर्माण गरिएको वडाध्यक्ष अर्यालले बताउनुभयो।महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |