धादिङ,०३ पुस।
भोलिदेखि धादिङ सहित ५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप दिइँदैछ ।प्रदेश–१ का ११, प्रदेश–२ का पाँच, वाग्मतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ/नौ जिल्ला र सुदूरपश्चिमका सात जिल्ला गरी ५७ जिल्लामा बालबालिकालाई मोडर्ना खोप दिन लागिएको हो ।
धादिङको १३ स्थानिय तहहरुमा १२ देखि १७ वर्ष उमेर समूहका वालवालिकालाई २ चरणमा मोर्डना खोप लगाईने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । पहिलो चरण अन्तरगत पुस ४ देखी ८ गते सम्म ८ स्थानिय तह निलकण्ठ नगरपालिका, रुविभ्याली, खनियावास, गंगाजमुना, त्रिपुरासुन्दरी ज्वालामुखी, नेत्रावती र सिद्धलेक गाउँपालिकामा मोर्डनाको पहिलो मात्रा दिईने छ ।
यस्तै दोश्रो चरणमा पुस ७ गतेदेखि ११ गते सम्म ५ स्थानिय तह धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा खोप अभियान संञ्चालन हुने स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिनुभयो ।खोप कार्यक्रम सम्बन्धीत विद्यालय र ५२ स्वास्थ्य संस्थाबाट लगाईने उहाँले बताउनुभयो ।
यसैगरी पहिलो मात्रा लगाएका बालबालिकालाई माघको २ गतेदेखि ९ गतेसम्म दोश्रो मात्रा लगाईने खोप अधिकृत पोखरेलले बताउनुभयो।
वालवालिकाले खोप लगाउन आउँदा विद्यालय भर्नाको आधार, जन्म दर्ता, वडा कार्यालयको सिफारिस आवश्यक पर्ने ल्याउनुपर्ने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।खोप अभियानमा सबैको पूर्ण सहभागीताको लागि खोप अधिकृत पोखरेलले आग्रह गर्नुभएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |