धादिङ,०२ पुस।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा भोलि गायक राजकुमार बाँनिया र गायिका अस्मिता डल्लाकोटी धादिङबेसी आउने भएका छन् ।भोलि शनिबार बेलुकी पाँच बजेपछि धादिङबेशी स्थित बिचबजारमा सुरक्षित आप्रवासन सामी परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाको आयोजनामा हुने सुरक्षित बैदेशिक रोजगार सम्बन्धी जनचेतनामुलक दोहोरी कार्यक्रमको लागि चर्चित कलाकार बाँनिया र डल्लाकोटी धादिङबेसी आउने परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो।
यसैगरी अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसर पारी बैदेशिक रोजगारको क्रममा दिवंगत भएकाहरुको चिरशान्तिको कामना तथा घाइतेहरुको स्वास्थ्य लाभको कामनामा दीप प्रज्वलन कार्यक्रम गरिने (सामी) परियोजनाका लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो।
सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षण सम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा सन २००० देखि दिवस मनाउन थालिएको हो । बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र मर्यादित बनाउनको लागि सुरक्षित आप्रवासन सामी परियोजनाले धादिङको नीलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका, गंगाजमुना गाउँपालिका र थाक्रे गाउँपालिकामा न्याय, सिप, मनोपरामर्श सेवा, वित्तिय साक्षरता कक्षा र पैरवीमा कामगर्दै आईरहेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |