धादिङ,०१ पुस।
धादिङको नेत्रावती डबजोङ गाउपालिका–४,सेल्लेमा जारी “दोस्रो प्रदिप स्मृति कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता”मा आज ३ खेल सम्पन्न भएका छन्। खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलहरुमा छोईलिङ् युथ क्लब, चरङ्गे युवा क्लब ’ए’ र नागिनथान युथ क्लबले बिजय हासिल गरेका छन् ।
आजको पहिलो खेलमा छोईलिङ्ग युवा क्लब ’बि’ र चौतारा युवा क्लब बिचको खेल निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुट आउटमा छोईलिङ्ग ५–४ गोलले बिजयी भयो भने उक्त खेलका म्यान अफ दि म्याच छोईलिङ्गका बुद्दीमान तामाङ्ग भए ।
त्यस्तै दोस्रो खेलमा जनजागरण युवा समाज हजारेलाई चरङ्गे युथ क्लब ’ए’ ले ४–० गोलले पराजित गर्याे । उक्त खेलका म्यान अफ दि म्याच चरङ्गेका रामचन्द्र पन्त भए ।त्यसैगरि तेस्रो खेलमा हुलाक जागरुक युथ क्लब देउरालीलाई नागिनथान युथ क्लबले ६–२ गोलले पराजित गर्याे । उक्त खेलका म्यान दि म्याच नागिनथानका मुकेश तामाङ्ग चुनिए ।
प्रतियोगितामा भोली शुक्रबार पनि ३ खेलहरु हुनेछन् । भोली हुने खेलहरुमा ब्रादी युवा क्लबका बिरुद्ध डुप्चे युवा क्लब, डि.एफ. सि. धादिङ्गका बिरुद्ध चरङ्गे युवा क्लब ‘ए’ र नागिनथान युथ क्लबका बिरुद्ध चरङ्गे युवा क्लब ‘बि’ भिड्नेछन्।छोइलिङ युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका १९ टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताको बिजेताले नगद रु पचास हजार, ट्रफि, मेडल र प्रमाणपत्र, उपबिजेताले नगद रु तिस हजार,ट्रफी, मेडल र प्रमाणपत्र, सेमिफाइनलिस्ट २ टिमले नगद रु आठ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र, हरेक खेलमा म्यान अफ दि म्याचलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको फाईनल, समापन तथा पुरस्कार वितरण पौष ४ गते हुने आयोजकले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |