काठमाडौं, १ पुस
नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मत गनिनसक्दै थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् ।
महाधिवेशनमा ४६ सय ७९ मत खसेको थियो । अहिलेसम्म ४३ सय ९० मत गनिसकिएको छ । अब साढे दुई सय मत गन्न बाँकी छ ।
थापा डा.शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए । सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका डा.प्रकाशशरण महत र प्रदीप पौडेल दुवै पराजित भएका छन् । कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका डा.मिनेन्द्र रिजाल पनि पराजित बनेका छन् । उनी मत परिणामका आधारमा चौथो स्थानमा छन् ।
विमलेन्द्र निधिको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका डा.राजाराम कार्कीले सय मत कटाएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |