न्युयोर्क, १ पुस
सन् २०२२ मा कोभिड महामारी विश्व्यापी रुपमा नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) की एक अधिकारीले दाबी गरेकी छिन् । डब्लूएचओकी कोभिड विज्ञ मारिया भ्यानले अर्को वर्ष महामारी अन्त्य हुने दाबी गरेकी हुन् । ‘सन् २०२२ मा विश्वव्यापी रुपमा नै कोभिड समाप्त हुनेछ । हामीसँग विभिन्न स्रोत साधन छन् । केही महिनापछि कोभिडबाट मृत्यु हुनेको संख्या हवात्तै घट्ने छ,’ भ्यानले भनिन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन ७० भन्दाबढी देशमा फैलिरहेका बेला उनको भनाई आएको हो ।
विश्वव्यापी महामारीबाट सम्पूर्ण विश्व नै प्रभावित छ । भारतमा देखिएको डेल्टा भेरियन्टकाे जाेखिमबाट केही देशले शान्तिकाे सास फेरिरहेका बेला कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढ्दो छ ।
डब्लूएचओले आगामी वर्षसम्म विश्वका सबै देशमा पूर्ण खोप लगाउने लक्ष्य लिएको छ, जसअनुसार सन् २०२२ को मध्यसम्ममा विश्वको कूल जनसंख्याको ७० प्रतिशत जनसंख्यामा रोग प्रतिरोध क्षमता बृद्धि गरिनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |