काठमाडौं, २९ मंसिर
फरवार्ड रश्मीकुमारी घिसिङ, सविता राना मगर र कुशुम खतिवडाको गोलमा यु-१९ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध नेपालले ३-० को अग्रता बनाएको छ ।
ढाकामा जारी खेलमा पहिलो हाफको सुरुवाती १० मिनेटभित्र दुई गोल गर्दै नेपालले पहिलो हाफ आफ्नो नियन्त्रणमा राखेको हो । नेपालले श्रीलंकालाई पूर्ण रूपमा दबाबमा राखे पनि अन्यले गोल भने गर्न सकेनन् ।
फरवार्ड कुशुम खतिवडा र डिफेण्डर सविना चौधरीलाई स्थान दिँदै प्रशिक्षक श्रेष्ठले दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध विमला विक र दिपा शाहीलाई बाहिर राखेका हुन् ।
श्रीलंकाविरुद्ध नेपाली टोलीका कप्तान गोलरक्षक अन्जना राना मगरले समाल्नेछिन् । यस्तै, डिफेन्समा सलोनी राना मगर, सविना चौधरी, रोजिना श्रेष्ठ र मन्जु कुमारी खड्का र मेनुका कुमारी आले मगरले निरन्तरता पाएका छन् ।
मिडफिल्डरमा प्रिती राई, सविता राना मगर, रश्मी कुमारी घिसिङले स्थान बनाउँदा फरवार्डमा रजनी थोकरसँगै कुशुमले मौका पाएकी छिन् । अघिल्लो खेलमा भुटानविरुद्ध कुशुमले ४८ मिनेटपछि मात्र मौका पाउँदा सविना भने बेन्चमै थिइन् ।
आज श्रीलंकाविरुद्ध नेपाल पहिलो जितको खोजीमा रहनेछ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
नेपाली टोली
गोलरक्षक – अन्जना रानामगर ‘कप्तान’
डिफेन्डर– सविना चौधरी, सलोनी राना मगर, रोजिना श्रेष्ठ र मन्जु कुमारी खड्का
मिडफिल्डर– मेनुका कुमारी आले मगर, प्रिती राई, रश्मीकुमारी घिसिङ र सविता राना मगर
फरवार्ड– रजनी थोकर र कुशुम खतिवडा
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |