काठमाडौं, २९ मंसिर
माउन्टेन इनर्जीले २५ पुसमा साधारणसभा बोलाएको छ । सभा अम्रापाली ब्यांक्वेट काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट सुरू हुनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले १२ पुसमा बुक क्लोज गर्ने भएको छ । यसअनुसार ११ पुससम्म कायम सेयरधनीले मात्र कम्पनीको सभामा सहभागिता जनाउन सक्नेछन् । सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सानसम्बन्धी प्रस्तावमा छलफल हुने लगायतका एजेण्डा छन् ।
कम्पनीले २६ कात्तिकबाट ३ मंसिरसम्म १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासशन गरेको थियो । यसमध्ये दुई प्रतिशत अर्थात् ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो ।
सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । कम्पनीले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |