काठमाडौं, २९ मंसिर
सिभिल बैंक लिमिटेडले २४ मंसिरदेखि बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । अब १० वर्ष अवधि रहने सो ऋणपत्र खरिदका लागि ९ पुससम्म आवेदन दिन सकिनेछ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्काशन तथा बिक्री खुला गरेको थियो ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० हजार इकाई म्युचुअल फन्डहरूलाई छुट्याइएको छ । ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी १८ लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्ने बैंकले जनाएको छ ।
यस ऋणपत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर पाइनेछ । यसमा प्रतिइकाई एक हजार रुपैयाँको दरले आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत प्रदान गरिएको यस ऋणपत्रमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिनेछ र नेप्सेमा सूचीकृत भई किनबेच समेत गर्न पाइनेछ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले यसमा धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई ‘केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रहेको जनाउँछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |