धादिङ,२८ मंसिर।
धादिङको नेत्रावती डबजोङ्ग गाउपालिका वडा नं. ४,सेल्लेमा जारी“दोस्रो प्रदिप स्मृति कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता”मा आज ३ खेल सम्पन्न भएका छन्। आज सम्पन्न ३ खेलहरुमा चौतारा, ब्रादी र डुप्चे बिजयी भएका छन् ।
प्रतियोगिता अन्तरगत आजको पहिलो खेलमा मानेगंग युवा क्लबलाई चौतारा युवा क्लबले ५–० ले पराजित गर्याे भने उक्त खेलका म्यान अफ दि म्याच चौताराका सुरेन्द्र तामाङ्ग भए ।त्यसैगरि दोस्रो खेलमा ब्रादी युथ क्लबले गैरा क्लबलाई ३–० ले पराजित गर्याे उक्त खेलका म्यान अफ दि म्याच ब्रादीका सर्जु तामाङ्ग भए ।
त्यसैगरि आजै सम्पन्न अन्तिम खेलमा डुप्चे युवा क्लबले लामिडाडा युवा समाजलाई ५–२ ले पराजित गर्याे । उक्त खेलका म्यान अफ दि म्याच डुप्चेका रवि गुरुङ्ग भए । प्रतियोगिता अन्तरगत भोली पनि ३ खेलहरु हुने आयोजकले जानकारी दिएको छ ।छोइलिङ युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका १९ टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको बिजेताले नगद रु पचास हजार, ट्रफि, मेडल र प्रमाणपत्र, उपबिजेताले नगद रु तिस हजार,ट्रफी, मेडल र प्रमाणपत्र, सेमिफाइनलिस्ट २ टिमले नगद रु आठ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र, हरेक खेलमा म्यान अफ दि म्याचलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको फाईनल, समापन तथा पुरस्कार वितरण पौष ४ गते हुने आयोजकले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |