काठमाडौं, २८ मंसिर
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारका लागि सेयर कारोबार बन्द भएको छ । मंगलबार कारोबार सुरू भएको साढे २ घण्टामै सकारात्मक सर्किट लागेर बजार बन्द भएको हो ।
यसअघि १२ : ३८ बजेसम्ममा नेप्से सूचक ५ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।
त्यसपछि खुलेको बजार पुनः लगातार बढेर ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारको लागि कारोबार बन्द भएको छ ।
मंगलबार नेप्से १३७ अंकले बढेर २४१८ अंकमा पुगेको छ । यसदिन २२० कम्पनीका ४० लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८४ करोड बराबरको कारोबार भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |