काठमाडौं, २८ मंसिर
एभरेष्ट बैंकले १ पुसमा २७औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी चार दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ । प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने लगायतका एजेन्डा छन् ।
बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि १७ मंसिरमा बुक क्लोज गरेको छ । यसअनुसार, १६ मंसिरसम्म नेप्सेमा कायम रहेका सेयरधनीले लाभांश प्राप्त गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |