धादिङ,२७ मंसिर ।
धादिङको नेत्रावती डबजोङ्ग गाउपालिका वडा नं. ४ स्थित सेल्लेमा “दोस्रो प्रदिप स्मृति कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता“ आज देखि सुरु भएको छ ।
छोइलिङ युवा क्लबद्वारा आयोजित यस फुटबल प्रतियोगितामा आज आयोजक छोईलिङ्ग युवा क्लब (ए) र चरङ्गे टिम (बि) भिड्दैछन् । प्रतियोगितामा जिल्लाका १९ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद रु ५०,०००, ट्रफि, मेडल र प्रमाणपत्र, उपबिजेताले नगद रु ३०,००, ट्रफी, मेडल र प्रमाणपत्र र सेमिफाइनलिस्ट २ टिमले नगद रु ८,०० प्राप्त गर्नेछन् ।
साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरीने छ । त्यस्तै हरेक खेलमा म्यान अफ दि म्याचलाई समेत विशेष पुरस्कारको ब्यबस्था गरिएको र प्रतियोगिताको फाईनल, समापन तथा पुरस्कार बितरण पौष ४ गते हुने आयोजकले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |