काठमाडौं, २७ मंसिर
एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउने राष्ट्रको टुंगो लागेको छ । बंगलादेशको ढाकामा हुने प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाउने टुंगो लागेको नेपाल भलिबल संघ (एनभीए)ले जनाएको हो ।
प्रतियोगिता २१ देखि २९ डिसेम्बरसम्म आयोजना हुनेछ । महिलातर्फ आयोजक बंगलादेशसँगै किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान रहेका छन् ।
पुरुषतर्फ आयोजक बंगलादेशसँगै माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने एनभीएले जनाएको छ । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि भिड्नेछन् ।
यसअघि ढाकामै भएको महिला च्याम्पियनसिपको नेपाल विजेता हो । यता, नेपालमै भएको पुरुषतर्फको प्रतियोगितामा भने आयोजक नेपाल समूह चरणबाटै माथि बढ्न सकेन ।
प्रतियोगिताको लागि एनभीएले १२ सदस्यीय महिला तथा पुरुष दुबै राष्ट्रिय टोली छनोट गरिसकेको छ । पुरुषतर्फ डच प्रशिक्षक हाङ एविङ रहने छन् भने महिलातर्फ जगदिश भट्ट छन् ।
महिला टोली : अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु, उषा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ (लिविरो)
पुरुष टोली : इम राना मगर (कप्तान), हरि हजुर थापा, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, भैरवबहादुर बम, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, टेकराज अवस्थी, राजेन्द्र विष्ट, बिशालबहादुर विक, सरन सामरी क्षेत्री, विनोदबहादुर चन्द (लिविरो)
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |