धादिङ २६ मंसिर
बागमती प्रदेश सरकारको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र भएको मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताउनु भएको छ।स्वास्थ्य क्षेत्र सुधारको लागि आफुले सक्दो सहयोग गर्ने भन्दै पाण्डेले राजनीतिक दलहरुले पनि स्वास्थ्य क्षेत्रमा गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो ।धादिङ अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट बनाउनको लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।बागमती प्रदेशको १ सय १९ पालिकामा एक–एक जना दलित,लोपउन्मुख जाती,अल्पसंख्यक जातीबाट एसईइ पुरा गरेकोलाई तीन बर्षे प्राविधिक कोष पढाएर सम्बन्धीत स्थानिय तहमा सेवा गर्न जाने बनाईदिने पाण्डेले बताउनुभयो।
धादिङ अस्पतालको ४५औं वार्षिकोत्सव उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले अस्पताललाई एक सय शंैयाको बनाउने कुरामा आफु प्रयत्नरत रहेको आश्वासन समेत दिनुभएको छ ।कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका पाण्डेले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा अस्पतालले थुप्रै सुविधा प्राप्त गरेको पनि बताउनुभयो।मुख्यमन्त्री पाण्डेले धादिङ अस्पतालको आकस्मिक कक्ष,आईसियु वेडको समेत निरिक्षण गर्नुभएको थियो।वार्षिकोत्सवको अवसरमा अस्पतालले विधागत रुपमा उत्कृष्ट स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई समेत सम्मान गरेको छ ।
धादिङ अस्पतालले यसबर्षबाट अक्सिजन प्लाण्ट संचालनमा ल्याएको छ ।यसैगरी अस्पतालले १० बेडको आइसियु, ५ ओटा भेन्टिलेटर पनि संचालनमा ल्याएको छ।अस्पताले गरेको प्रगतीको बारेमा धादिङ अस्पतालका मेडिकल सुपरीटेण्डन डा.त्रिभुवनचन्द्र झाले प्रस्तुत गर्नुभएको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |