काठमाडौं, २६ मंसिर
काठमाडौं जिल्ला क्रिकेट संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले रिक्त रहेको दुई सदस्यमा दिवाकार घले र किरण राणालाई नियुक्त गरेको छ ।
सभाले संघको सल्लाहाकारमा ठाकुर प्रताभ थापासहित तीन जनालाई नियुक्त गरेको छ । कार्यक्रममा संघका अध्यक्ष अमित पाण्डेले काठमाडौं सधै नेपाली क्रिकेटको उर्भरभूमिका रूपमा क्रियाशील रहँदै आएको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गरे ।
‘हामीले कोभिड १९ को माहामारीका कारण पछिल्लो दुई वर्ष केही कार्यक्रम गर्न सकेनौँ,’ पाण्डेले भने, ‘अवस्था सामान्य बन्दै छ । अब हामी उही जोश र जाँगरका साथ अघि बढ्छौँ ।’
त्यस्तै संघका सचिव वसन्तराज सत्यालले संघको भावी योजनाहरु प्रस्तुत गरे ।
जुनियर छात्र र छात्रा क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरेकाे जानकारी दिएका उनले २९ मंसिरबाट जिल्लास्तरीय प्रतियोगिता गर्ने पनि बताए । उनका अनुसार चाँडै नै क्रिक्रेट एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएकाे छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |