धादिङ,२५ मंसिर।
धादिङबेशीमा महिला तथा बालबालिका सम्बन्धी क्षमता अभिबृद्धि तथा मनोपरामर्श कार्यक्रम सम्पन्न भएको छ ।लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा शनिबार शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा महिला तथा बालबालिका लक्षित क्षमता अभिबृद्धि तथा मनोपरामर्श कार्यक्रम सम्पन्न भएको हो।
घरै देखि सुरु गरौ, महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराको साथ आयोजना गरिएको कार्यक्रममा मानव अधिकार रक्षक जिल्ला सञ्जाल धादिङकी अध्यक्ष गायत्राी खतिवडा, राष्ट्रिय महिला संजालकि महासचिव राधिका सापकोटाले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा सहकारी संस्थामा आबद्ध ८० जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।महिलाहरुको हक हितको लागी स्थापना गरिएको सहकारी भएर यस किसिमको कार्यक्रमको आयोजना गरिएको शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष चमेली बगालेले बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |