धादिङ,२३ मंसिर।
त्रिपुरासुन्दरी गाउँपालिका–४ मा बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ। त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागि सञ्चालन गरिएको अभिमुखिकरण कार्यशाला बिहिबार सम्पन्न भएको हो।
कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष कपिलदेव सिम्खडाले त्रिपुरासुन्दरी गाउँपालिकामा बालमैत्री न्युनतम सुचक, भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब बालमैत्री पद्धति अबलम्बन गरि बाल अधिकार र शारीरिक, मानसिक, संवेगात्मक र शैक्षिक उपलब्धि केन्द्रित भएर कार्य गर्नु पर्ने बताउनुभयो ।
गाउँपालिकालाई बालमैत्री स्थानीय शासनको सेवा प्रवाहका ३६ र संसथागत १५ वटा गरि ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले बताउनुभयो।
बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती,वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले अभिमुखिकरण कार्यशाला गरिएको देवकोटाले बताउनु भयो ।
वडा नं ४ का वडाध्यक्ष सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि तथा बालक्लबका प्रतिनिधि,महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य संस्थाका प्रतिनिधि, शिक्षक, महिला संञ्जालका प्रतिनिधिहरु सहित सरोकारवालाहरु गरि ३१ जनाको सहभागीता रहेको थियो ।
कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा,बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि निति, कार्य विधि निर्माण,कार्यान्वयनका खुड्किला शुरु, ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु,सुचकहरुको सरलिकण, आचार संहिता निमार्ण, बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेश अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो।कार्यशाला पछि वडाध्यक्ष सिम्खडाको अध्यक्षतामा बालमैत्री स्थानीय शासन वडा समिति समेत गठन भएको आलडाँडा सल्यानकोटबाट मिना देवकोटाले जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |