खोटाङ, २२ मंसिर
खोटाङमा गत भदौ र असोजमा कोभिड-१९ विरुद्ध कोभिशिल्ड र एस्ट्रा जेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्राे मात्रा दिन सुरू गरिएको छ । १५ र १६ भदौ तथा ४ र ५ असोजमा कोभिशिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई मंगलबार र बुधबार दोस्राे मात्रा दिन लागिएकाे हाे ।
एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई पनि कोभिशिल्ड खोप दिएकाे स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।
भदौ र असोजमा सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका १३ हजार नागरिकले कोभिशिल्ड र एस्ट्रा जेनेका खोप लगाएका थिए । तिनै नागरिकलाई अहिले कोभिशिल्डको दोस्राे मात्राको खोप दिन थालिएको हो । पहिला एस्ट्राजेनेका खोप लगाएकाले पनि कोभिशिल्ड खोप लगाउन मिल्ने सिग्देलले बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |