आज ९ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही स्मरणीय घटना
रोमानियामा प्रजातन्त्र
सन् १९९१ मा रोमानियाको संविधान कार्यान्वयनमा आएको थियो । जनमत संग्रहमार्फत नयाँ संबिधान पारित भएको थियो । ४२ वर्षको कम्युनिस्ट शासन ढलेपछि रोमानियामा प्रजातन्त्र आएको थियो ।
प्यालेस्टाइनमा आन्दोलन
प्यालेस्टाइनको भूमिमा इजरायलको अतिक्रमणविरुद्ध सन् १९८७ मा पहिलो पटक प्यालेस्टाइनमा आन्दोलन भएको थियो । इजरायलको सेनाको ट्रकले एउटा कारमाथि हमला र चार सर्वसाधरणको हत्यासँगै इजरायली अतिक्रमण सुरु भएको थियो । सन् १९९१ मा भएको म्याड्रिड सम्मेलनपछि सन् १९९३ मा हिंसा समाप्त भएको थियो । प्यालेस्टाइन र इजरायलबीच सन् २००० मा दोस्रो चरणको हिंसा भएको थियो ।
दोस्रो युद्धमा अमेरिकाको प्रवेश
।सन् १९४१ मा अमेरिका औपचारिक रुपमा दोस्रो विश्वयुद्धमा प्रवेश गरेको थियो । सन् १९४१ को ८ डिसेम्बरमा जापानको जलसेनाले हवाईस्थित पर्ल बन्दरगाहको पनडुब्बी इलाकामा हमला गरेको थियो । सोही हमलापछि अमेरिका पनि दोस्रो विश्व युद्धमा तानिएको थियो ।
राष्ट्रमन्डल घोषणा
सन् १९९१ मा बेलाभेज सम्झौतामा हस्ताक्षर भएको थियो । बेलाभेज सम्झौतामा रुसमाथिको प्रतिबन्ध हटाएर राष्ट्रमन्डल देश घोषणा गरिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |