धादिङबेशी । नेपाल मानव अधिकार संगठन धादिङको अध्यक्षमा नीलकण्ठ नगरपालिका वडा न ७ निवासी कृष्णराज अधिकारी चयन हुनुभएको छ ।
संगठनको आज सम्पन्न तेस्रो जिल्ला सम्मेलनले अधिकारीलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो । गठित समितिको उपाध्यक्षमा शेर बहादुर भण्डारी, सचिवमा राम बहादुर आले मगर, सह सचिवमा जंग बहादुर लोहनी, कोषाध्यक्षमा गोमा थापा र सदस्यहरुमा सानुबाबु तिमल्सिना, अप्सरा मैनाली र ईश्वर पल्ली मगर निर्वाचित भएका छन् ।
यसैगरी सम्मेलनले विष्णु कुमार श्रेष्ठको संयोजकत्वमा सल्लाहाकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिको सदस्यमा अधिवक्ता विनोदमान श्रेष्ठ र पूर्व सचिव कृष्णलाल श्रेष्ठ रहेका छन् ।
अधिवक्ता विष्णु कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको जिल्ला सम्मेलनमा नेपाल मानव अधिकार संगठनका अध्यक्ष महामुनिश्वर आर्चाय, प्रा.डा. गोविन्द ढकाल लगायतले मानवअधिकार सम्बन्धी चर्चा र शुभकामना व्यक्त गर्नुभएको कृष्णराज अधिकारीले धादिङ संचारलाई बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |