कोरोना भाइरसको नयाँ भेरियन्ट अम्रिकोन नेपालमा पनि भेटिएको छ । २ जनामा नयाँ भेरियन्ट पुष्टि भएपनि उनीहरु दुवै जना विदेशी नागरिक हुन् ।
तर, उनीहरु मंसिर ३ गते नै नेपाल आएका थिए । त्यसैले अहिले उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी र परीक्षणलाई प्राथमिकता दिईएको छ । सँगै, निषेधाज्ञा वा लकडाउन हुने हो कि भन्ने पनि मानिसहरुको चासोको विषय बनेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने लकडाउन गर्ने वा नगर्ने भन्नेबारे छलफल हुन बाँकी रहेको बताएका छन् । उनले पहिलो विकल्प नै लकडाउन नभएकाले यसबारे छलफल गरेर मात्रै आवश्यक निर्णय लिईने बताए ।
‘लकडाउनको विषयमा अहिले नै निर्णय भईसकेको छैन, सबैभन्दा महत्वपूर्ण र हामीले प्राथमिकतामा खोपलाई राख्नुपर्छ’ उनले भने, ‘सुरुमा त परीक्षण, संक्रमण पुष्टि भएकाहरुको निगरानी र संक्रमण फैलन नदिन जनचेतना फैलाउने कुरा हुन्छ, त्यसका लागि अस्पतालको व्यवस्थापनमा मन्त्रालय जुटिसकेको छ, लकडाउनमै जानुपर्छ भन्ने सोच छैन ।’
विज्ञहरुका अनुसार पनि संक्रमण दर तीव्र भएपनि यसको मृत्युदर एकदमै कम छ । जसका कारण संक्रमण पुष्टि भएकालाई राम्रोसँग व्यवस्थापन गर्न सकिए कोरोनाको नयाँ भेरियन्टबाट बच्न र बचाउन सकिने उनीहरुको तर्क छ । त्यसैले पनि मन्त्रालयले अहिले नै लकडाउनबारे केही नसोचेको बताएको हो ।Bizpati
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |