नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
नेत्रावती डबजोङ गाउँपालिका वडा न ४ को आयोजना तथा धादिङ सन्चार प्रा.ली.को समन्वयमा आईतबार वडाको सेवा प्रवाह तथा विकास निर्माण लगाएतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सेवाग्राही प्रति सेवा प्रदायक तथा निर्वाचित जनप्रतिनिधिहरुलाई जवाफदेही बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गाउँपालिका तथा वडा कार्यालयहरुको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सवाल जवाफ भएको थियो ।
सहभागिहरुले उठाएका प्रश्नको वडा नम्बर ४ का अध्यक्ष तिल बहादुर गुरुङ लगाएत सम्बन्धित व्यक्तिहरुले जवाफ दिनुभएको थियो ।नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका पशु विकास शाखाका प्रमुख अर्जुन प्रसाद खतिवडा,रोजगार संयोजक जयश्री त्रिपाठी, प्राबिधिक प्रदिप अधिकारी,एकेन्द्र साउद,वडा सदस्यहरु, कर्मचारी, बिभिन्न राजनितिक दलका प्रतिनिधी लगाएतको आतिथ्य रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |