धादिङबेशी । धादिङ मण्डली यातायात प्रा.ली.का अध्यक्ष तथा सफल यातायात ब्यवसायी शरद अधिकारी नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
नेपाली काग्रेस निकट यातायात ब्यवसायीहरुको संघको काठमाण्डौमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिबेशनबाट अधिकारी सर्वसहमत खुल्ला उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
बिहिबार सम्पन्न राष्ट्रिय महाधिबेशनबाट संघको अध्यक्षमा योगेन्द्रनाथ कर्मचार्य चयन हुनुभएको छ । उहाँको नेतृत्वमा ५१ सदस्य केन्द्रिय समिति चयन भएको नवनिर्वाचित उपाध्यक्ष शरद अधिकारीले जानकारी दिनु भयो ।
केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट र विजय बहादुर स्वार निर्वाचित हुनु भएको छ ।
केन्द्रिय समितिको उपाध्यक्षमा शरद अधिकारी सहित पाँच जना, महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ रहनु भएको छ । त्यसैगरी प्रदेश उपाध्यक्षमा बिष्णु खड्का सहित ७ प्रदेशबाट ७ जना उपाध्यक्ष रहेका छन् । त्यसैगरी समितिको महासचिवमा केदारनाथ पौडेल र कोषाध्यक्षमा राजेन्द्रविक्रम बानिया सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |