धादिङबेशी । सिद्धलेकमा उपाध्यक्ष संग समन्यायिक बिकास कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार शुरु भएको २ दिने कानुनी सचेतना कार्यक्रम आज एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
उज्यालो सिद्धलेक, समृद्ध सिद्धलेक भन्ने मुल नाराका साथ गाउँपालिकाका दलित,बिपन्न, पिडित, एकल महिला, लोपोन्मुख, पिछडिएका बर्गहरुमा कानुनी सचेतना अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको थियो ।कार्यक्रममा शुक्रबार सिद्धलेक गाउँपालिका वडा न ५, ६ र ७ का ४५ जना र शनिबार वडा न १, २, ३ र ४ का ८५ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई अधिबक्ता तोलाकुमारी पाठकले सहजीकरण गर्नुभएको थियो । गाउँपालिकाका न्यायिक सहजकर्ता रामचन्द्र अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा सहभागीहरुले यस किसिमको कार्यक्रम आयोजना गरिदिनु भएकोमा धन्यावाद प्रकट गर्दै आगामी दिनमा यस किसिमका तालिम ३ दिने राख्न सुुझाव दिनु भएको छ ।
कार्यक्रममा अधिबक्ता तोला कुमारी पाठकले बोक्सीको आरोप,जवरजस्ती करणी,गाली ब्यजती,बालबिवाह लगाएतको बिषयमा जानकारी गराउनु भएको थियो । सोहि अवसरमा गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालले आ.व. २०७४।०७५ देखि हाल सम्मका केस र सामाधानको अवस्थाको बारेमा डाटा सहितको प्रस्तुति राख्नु भएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालको अध्यक्षता भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता र प्रमुख प्रशाशकीय अधिकृत रामप्रसाद शर्माको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रम वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु लगाएतको आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |