धादिङ,१८ चैत
नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङको रोकिएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन मंगलबार हुने भएको छ । नीलकण्ठ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन समितिले आइतबार उम्मेदवारको अन्तीम नामावली प्रकाशन गरे सँगै मंगलबार निर्वाचन हुन ेनिश्चत भएको हो । यसअघि तोकिएको निर्वाचन नेपाल विद्यार्थी संघ भित्रको विवादका कारण स्थगित भएको थियो । नेविसंघ केन्द्रीय समितिले भवानी भट्टराई(भावना)नेतृत्वको समितिलाई आधिकारीता दिएपछि नेपाली कांग्रेस धादिङका सभापति एंव कृषिमन्त्री रामनाथ अधिकारीको निर्देशनमा निर्वाचन समितिले स्ववियू निर्वाचन नै स्थगित गरेको थियो ।
कृषिमन्त्री अधिकारी राजन अधिकारीलाई उम्मेदवार बनाउन चाहान्थे ।नेविसंघ केन्द्रले आधिकारीक रुपमा उम्मेदवार बनाएका भट्टराई नीलकण्ठ नगरपालिका धादिङका नगर प्रमुख एंव नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना निकट मानिन्छिन् । उनलाई नेपाली काँगेसका निर्वतमान सभापति रमेश धमलाले पनि साथ दिनुभएको छ। नगर प्रमुख भीम प्रसाद ढुंगाना र नेपाली काँग्रेसका निर्वतमान सभापति रमेश धमलाको आधिकारीक उम्मेद्वार भवानी भट्टराई(भावना)लाई साथ रहेको छ । शनिबार बसेको क्याम्पस संचालक समितिको बैठकले मंगलबारलाई निर्वाचन मिति तय गरेपछि निर्वाचन समितिले नेविसंघ केन्द्रीय समितिलाई आधिकारीताका विषयमा सोधेको थियो ।आइतबार नेविसंघ केन्द्रले समेत भावना भट्टराई नै आधिकारीक उम्मेदवार रहेको पत्र निर्वाचन समितिलाई पठाएपछि कृषिमन्त्री अधिकारीको निर्देशनमा राजन अधिकारीलाई बिद्रोही उम्मेदवार बनाइएको छ ।
अधिकारीले आइतबार बिहान मात्रै राजनअधिकारीलाई आधिकारीक उम्मेदवार बनाउन नेवि संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पासंग आग्रह गरेका थिए । तर अध्यक्ष शेर्पाले अस्विकार गरेपछि मन्त्री अधिकारीले बिद्रोही उम्मेदवार खडा गरेका हुन् । नेपाल विद्यार्थी संघको बर्चश्व रहेको नीलकण्ठ क्यम्पसमा माओवादी निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियू गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धामा छन् । तर कृषिमन्त्री अधिकारी निकट रहेका राजनअधिकारीको बिद्रोही प्यानलमाउ म्मेदवार अभावमा सबै सिटमा उम्मेदवारी समेत पर्न सकेको छैन । विपक्षीसँग निर्वाचन लड्नुपर्ने समयमा समेत पार्टी सभापति आफैंले बिद्रोही उम्मेदवार खडा गरेको भन्दै अहिले धादिङमा मन्त्री अधिकारीको चर्को आलोचना भईरहेको छ । प्रत्यक्षतर्फ हुने आठ पदकालागि २१ जनाको उम्मेदवारी परेको छ ।निर्वाचन मंगलबार हुने छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |