धादिङ,१२ चैत्र ।
नेत्रावती डबजोङ गाउँपालिकामा गृहणी महिलाहरूका लागि फलफूल बगैँचा व्यवस्थापन तालिम संचालन गरिएको छ । गाउँपालिकाको आयोजनामा गृहणी महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वडा नं–२ ताङ्जोमानेमा १५ दिने तालिम संचालन गरिएको हो ।
स्थानीय गृहणी महिलाहरूलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन तथा व्यावसायिक बगैँचा व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गर्ने उद्धेश्यले तालिम संचालन गरिएको वडा नं २ का वडा अध्यक्ष मीन बहादुर तामाङले बताउनुभयो ।
तालिममा फलफूल खेतीका नवीनतम प्रविधि, बगैँचा व्यवस्थापनका आधुनिक तरिका, मल व्यवस्थापन, रोग नियन्त्रण विधिहरू, नर्सरी व्यवस्थापन तथा व्यावसायिक उत्पादनको प्रवद्र्धनबारे जानकारी गराइने छ । उक्त तालिममा गाउँपालिकाका कृषि शाखा प्रमुख कैलाशरमण भटले सहजीकरण गर्नुभएको छ ।
वडा नं. २ भित्रका २० देखि ५५ वर्ष उमेर समूहका २५ जना गृहणी महिलाहरू सहभागी तालिममा सहभागि भएको गाउँपालिकाका अधिकृत ज्ञानेन्द्र दाहाल जानकारी दिनुभयो । सहभागीहरूलाई तालिमपछि प्रविधि हस्तान्तरण समेत गरिने दाहालले बताउनुभयो ।
गृहणी महिलाहरूलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनु, व्यावसायिक उत्पादनमा आकर्षित गर्नु तथा फलफूल खेतीलाई आयआर्जनको राम्रो माध्यमका रूपमा विकास गर्ने उद्धेश्य रहेको गाउँपालिकाका उपाध्यक्ष सिता माया चोदेनले बताउनुभयो ।
तालिमबाट गृहणी महिलाहरूलाई फलफूल खेतीमा आवश्यक सीप प्रदान गर्नुका साथै उनीहरूलाई उद्यमशीलताको दिशामा अघि बढाउन प्रेरित गरिने गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो । गाउँपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |