धादिङबेशी । धादिङ अस्पतालमा हरेक महिनाको दोस्रो शनिबार हुने बिशेषज्ञ सेवा अन्तरर्गत आज २१५ जनाले बिशेषज्ञ सेवा लिएका छन् ।
आज महिनाको दोस्रो शनिबार ट्रोपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत डा.अमृता श्रेष्ठबाट छालारोग सम्बन्धी समस्या भएका ६८ जना बिरामीले जाँच गराएका थिए ।
वरिष्ठ नाक कान घाटी रोग बिशेषज्ञ डा. सुजन प्रधानबाट नाक कान घाटी सम्बन्धी समस्या भएका ८३ बिरामीले धादिङ अस्पतालमा नै आज सेवा लिएका थिए ।
त्यसैगरी मानसिक तथा नशा रोग सम्बन्धी बरिष्ठ नशा तथा मानसिक रोग बिशेषज्ञ डा. नविन लेखकबाट ६४ जना बिरामीले सेवा लिएको धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक गगन अधिकारीले जानकारी दिनुभयो ।
धादिङ अस्पतालले पुस १३ गते देखि हरेक महिनाको दोस्रो शनिबार बिशेषज्ञ सेवा संचालन गर्दै आईरहेकोे छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |