धादिङबेशी । उज्यालो बहुउदेश्यीय सहकारी संस्था लि.को १५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका वडा न ७ स्थित आफ्नै कार्यालय प्राङ्गणमा शनिबार संस्थाको अध्यक्ष मान बहादुर श्रेष्ठको अध्यक्षता तथा नीलकण्ठ नगरपालिकाका उप– प्रमुख दिपक बिश्वकर्माको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाका सचिव देवेन्द्र गैरेद्धारा प्रस्तुत प्रगती तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष राजु श्रेष्ठ द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमत पास गरिएको छ । सहकारी संस्थाले १५ औँ बार्षिक साधारण सभाको अवसरमा असल ऋणी र दुध बिक्रि गर्ने उत्कृष्ट सदस्यलाई मायाको चिनो सहित प्रशंसा पत्र प्रदान गरेको छ ।
असल ऋणीमा सम्मानित हुनेमा अन्तबहादुर खाति र चन्द्रमाया सुनार रहेका छन् । दुध बिक्रि गर्ने उत्कृष्ट सदस्यहरुमा भवानी गोतामे, सिताराम श्रेष्ठ र टेक बहादुर श्रेष्ठ रहेका छन् । त्यसैगरी नियमित बाल बचत कर्ताहरुमा रुपेश कोईराला,राकेश श्रेष्ठ,निकेश खाती,दिपशिका श्रेष्ठ, राजिव कोईराला,सन्जिव कोईराला,सुयोग श्रेष्ठ, दिप्सन पोखरेल र रेसिका श्रेष्ठ रहेका छन् । नियमित बाल बचत कर्ताहरुलाई साधारण सभाको अवसर पारेर स्टेशनरी सामान बितरण गरिएको थियो ।
साधारण सभामा नीलकण्ठ नगरपालिका वडा न ७ का कार्यवहाक अध्यक्ष राजन अधिकारी, पुर्व गाविस अध्यक्ष तथा समाजसेवी रेसमराज सिंखडा,समाजसेवी बेदनिधि अधिकारी लगाएतको आतिथ्यताा रहेको थियो ।
साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक बिश्वकर्माले सहकारी संस्थाले अव उत्पादनलाई जोड दिनुपर्ने बताउनु भएको छ । उहाँले सहकारी संस्थालाई चलायमान बनाउन कर्मचारीहरुको भुमीका अतुलनिय हुने भन्दै किसानहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरणमा जोड दिन आग्रह गर्नु भएको छ ।
कार्यक्रमका केहि तस्विरहरु
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |