धादिङबेशी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको कोषाध्यक्षमा धादिङका शंकर श्रेष्ठ र लेखा समितिको सदस्यमा निर बहादुर तामाङ निर्वाचित हुनुभएको छ ।
शंकर श्रेष्ठ धादिङका राससका संवाददाता र निर तामाङ रेडियो बिहानीका स्टेशन मेनेजर हुनुहुन्छ । शनिबार रामेछापमा सम्पन्न भएको प्रदेश अधिबेशनले उहाँहरु सर्वसहमत निर्वाचित हुनुभएको हो । उहाँहरु निर्वाचित समितिको अध्यक्षमा युवराज श्रेष्ठ चयन हुनुभएको छ । तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिल बहादुर लामा, उपाध्यक्ष महिलामा अनिता डंगोल,महासचिव राजु नापित, सचिव (संस्थागत) हिरालाल गुरुङ्ग,सचिव महिलामा निशा गुरूङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा वावुकाजि श्रेष्ठ, उद्भव कुमार श्रेष्ठ,मानकाजी तामाङ्ग,रत्नकाजी प्रजापती,रवि महर्जन, जर्नेल घले, तेज नाहिरिङ्ग राई, श्यामलाल लामा, विशाल राज राई रहेका छन् । लेखा समिति संयोजकमा अशोक सुजन श्रेष्ठ र अनुशासन समिति संयोजकमा जगत तामाङ चयन हुनुभएको छ । अनुशासन समिति सदस्य प्रदिप कुमार श्रेष्ठ,संघीय प्रतिनिधिमा सरस्वती श्रेष्ठ, राजेश रुम्बा लामा,
श्याम राना मगर चयनहुनु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |