धादिङबेशी । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा धादिङबेसीमा छलफल, अन्तरकृया गरि दिवस मनाएइको छ । उद्योग बाणिज्य कार्यालय धादिङको आयोजना भएको छलफल, अन्तरक्रियामा उपभोक्ताहरु, उपभोक्ता अधिकारकर्मीहरु, व्यवसायी र सरकारी निकायका प्रतिनिधि सहभागी भएका थिए ।
उपभोक्ता हित संरक्षण मञ्च धादिङका अध्यक्ष बेदबहादुर खाँडले उपभोक्तालाई सचेत र जागरुक बनाउदै उपभोक्ताको अधिकारप्रति उद्योगि, व्यावसायीहरुलाई जिम्मेवार हुन आग्रह गर्नुभयो । सेवा दिने निकाय, उद्यमी, व्यवसायी लगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न पनि खाँडले अनुरोध गर्नुभएको छ ।
त्यसैगरी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका उपाध्यक्ष बलराम लम्सालले घरेलु तथा साना उद्योगीहरुलाई तीनै तहका सरकारले समेट्न नसकेकोमा गुनासो गर्नुभयो । सरकारहरुले स्वरोजगार प्रकृतिका उद्योग व्यवसायलाई सहयोग गरे मात्र समृद्धि संभव हुने बताउनु भयो । सामान्य रुपमा गरिने प्रविधि हस्तान्तरणले मात्रै नपुग्ने भन्दै लम्सालले घरेलु तथा साना उद्योगीहरुलाई व्यापक सीप विकासको कार्यक्रम ल्याउनु पर्ने र उद्योग व्यवसाय सञ्चालन गर्न सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा उद्योग बाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणी पुरीले उद्यमी व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नु पर्ने बताउँदै यस क्षेत्रमा सक्रिय नियामक निकायले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशल हुनुपर्ने खाँचो रहेको औंल्याउनु भयो । पछिल्लो समय धादिङको नियामक निकाय उद्योगि, व्यवसायीलाई कारवाही र जरिवाना गराउने भन्दा पनि सेवा प्रवाहलाई सहज बनाउन र उपभोक्ता मैत्री सेवा प्रवाह गराउनेमा केन्द्रित रहेको दाबी गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले उपभोक्ताको अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको गुनासो गरेका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |