धादिङबेशी । शनिवार नेपाली काँग्रेस निकट नेपाल तामाङ संघ धादिङको प्रथम अधिवेशन धादिङबेशीमा सम्पन्न भएको छ ।
अधिबेशनले अम्बर बहादुर तामाङको अध्यक्षतामा नयाँ कार्य समति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सिता तामाङ,चालमान तामाङ सचिवमा ताराविर तामाङ, सह सचिवमा नमराज तामाङ,डम्बर बहादुर मोक्तान तामाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा मर्कुश तामाङ, निरमाया तामाङ,मेनलामा तामाङ,रामबहादुर तामाङ,बसन्ती तामाङ,मंगली मम्वा तामाङ र सरिता तामाङ रहेका छन् ।
अधिबेशनबाट केन्द्रिय महाधिबेशनका लागी संघिय क्षेत्र न २ को १ बाट डम्बर बहादुर तामाङ,जिवन सिं तामाङ,दिलमाया तामाङ,जंग बहादुर तामाङ,अशोक लामा रहेका छन् । केन्द्रिय महाधिबेशनका लागी संघिय क्षेत्र न २ को २ बाट शन्त बहादुर तामाङ,अशोक कुमार तामाङ,सिता चोदेन तामाङ,योग बहादुर तामाङ र लक्षमी तामाङ रहेका छन् ।
अधिबेशनले प्रदेश संगठन निर्माण गर्ने क्रममा प्रदेश क बाट पदम तामाङ र ख बाट कान्छा लामा तामाङलाई संयोजक समेत तोकेको छ । प्रदेश प्रतिनिधि २ को क मा बुद्धिमान तामाङ,पोतेमाया तामाङ,सुधा तामाङ,आशा माया तामाङ,छ्योमाया तामाङ, फुलमाया तामाङ र पदम तामाङ रहेका छन् ।
त्यसैगरी प्रदेश प्रतिनिधिमा ख बाट रोजिना तामाङ,आईतीमाया तामाङ,जीउ बहादुर तामाङ,कान्छिमाया तामाङ, करण तामा, अजय थापा तामाङ र कान्छा लामा तामाङ रहेका छन् ।
नेपाल तामाङ संघ जिल्ला समिति धादिङका अध्यक्ष अमर पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पुर्व कानुन राज्यमन्त्रि दिलमान पाख्रिन तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बाग्मती प्रदेश सभा सांसद गोबिन्द लम्साल, प्रदेश सांसद शिवराज अधिकारी, नेपाली काँग्रेस धादिङका पुर्वसभापती रमेश धमला, नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगाना, नेपाली काग्रेस धादिङका क्षेत्रिय सभापती राकेस धमला, महिला नेतृ सितामाया चोदेन लगायतको आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |