धादिङ,२५ फागुन ।
स्वास्थ्यकर्मीहरुको लागि समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन तालिम धादिङबेशीमा सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा फागुन १९ गतेदेखि जनस्वास्थ्य कार्यालयको हलमा संचालित तालिम शनिबार सम्पन्न भएको हो।
स्थानीय तहका २४ जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको तालिममा धादिङ अस्पतालका बालरोग विशेषज्ञ डा. मनिश काफ्ले सहितको टिमले प्रशिक्षण गर्नुभएको थियो । सहभागीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्न तालिमको क्रममा प्राक्टिकल सेसनको व्यवस्था गरिएको थियो।
साथै धादिङ अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (NICU), इनडोर वार्ड तथा प्रसूति कक्षमा केस स्टडीको लागि लगिएको थियो। तालिम पश्चात् सहभागीहरूले बिरामी बालबालिकाहरूको मूल्यांकन, वर्गीकरण, उपचार तथा परामर्शका विषयमा विस्तृत छलफल गरिएको थियो ।
तालिममा धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारी, बालरोग विशेषज्ञ डा. मनिश काफ्ले, नीलकण्ठ नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजाल, ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ लगायले प्रशिक्षण गर्नुभएको थियो ।
तालिमबाट प्रशिक्षित स्वास्थ्यकर्मीहरूले समुदायस्तरमै नवजात शिशु तथा बालबालिकामा देखिने स्वास्थ्य समस्याहरूको समयमै पहिचान, उचित उपचार तथा व्यवस्थापन गर्न सक्षम हुने अपेक्षा गरिएको जनस्वास्थ्य कार्याल्य धादिङका प्रमुख विभु कुमार झाले बताउनुभयो । उहाँले बालबालिकामा हुने गम्भीर रोगहरूको चाँडो पहिचान गरी बिरामी हुने दर तथा मृत्युदर घटाउन मद्दत पुग्ने विश्वास गरिएको बताउनुभएको छ ।
जनस्वास्थ्य कार्यालय धादिङले आगामी दिनमा पनि यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्नेे योजना बनाएको जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |