धादिङ,२४ फागुन ।
आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस, ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेशीमा “महिला उद्यमशीलता उत्सव २०८१“ आयोजना गरिएको छ । नीलकण्ठ नगरपालिकाले आयोजनामा धादिङबेँशी बिचबजारमा “महिला उद्यमशीलता उत्सव भव्य रूपमा भएको हो ।
उक्त महोत्सवमा धादिङका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको सहयोग रहेको थियो।
महिला उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस उत्सवमा स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका सामग्री, ढाकाका आकर्षक कपडा, नेवारी परिकार, अचार, तथा विभिन्न घरेलु उत्पादनहरू बिक्री र प्रदर्शन गरेका थिए।
मेलामा १५ भन्दा बढी स्टलहरू राखिएको थियो, जसले स्थानीय महिला उद्यमीहरूलाई आफ्ना उत्पादनहरूको प्रचार–प्रसार गर्नुका साथै र आर्थिक सशक्तिकरणमा टेवा पु¥याउने अवसर पाएका छन् ।
उक्त महोत्सवमा स्थानीयबासी, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मेलाले महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्दै उनीहरूको सीप, श्रम र उत्पादनलाई बजारिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूको भनाइ छ।
नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले महिला उद्यमशीलताको महत्वलाई जोड दिनुभएको थियो । उहाँले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउँदै आगामी वर्षहरूमा अझ व्यवस्थित र वृहत रूपमा महोत्सव आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी, नगर उपप्रमुख दिपक विश्वकर्माले यो महत्वपूर्ण उत्सव भएको भन्दै महिला उद्यमीहरुको कला, सिप र क्षमता प्रदर्शनलाई अझ प्रचार गरिने बताउँदै शुभकामना व्यक्त गर्नुभयो।
त्यस्तै नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सेवेदीले नगरपालिकाले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू तथा पिछडिएको वर्गका लागि धेरै काम गरिसकेको बताउनुभयो। साथै, नगरपालिकाले नगरवासीहरूलाई रोजगारी र उत्पादनमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो।
महिला सशक्तिकरण तथा आर्थिक प्रवद्र्धनलाई अघि बढाउने यस प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |