धादिङ, २२ फागुन ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ मा १५ दिने व्यवसायिक मौरीपालन तालिम संचालन भएको छ । गाउँपालिकाले गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत गृहिणी महिलाहरुको लागि व्यवसायिक मौरीपालन तालिम संचालन गरेको हो ।
महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउने र उनीहरुको जीवनस्तर सुधार्ने उद्धेश्यका साथ तालिम संचालन गरिएको गाउँपालिकाकका उपाध्यक्ष सिता माया चोदेनले बताउनुभयो । उहाँले भन्नुभयो, “यस तालिमले गृहिणी महिलाहरुको सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने छ ”। उपाध्यक्ष चोदेनले कार्यक्रममा सहभागी महिलाहरुलाई प्रोत्साहन गर्दै यस प्रकारका तालिमले महिला सशक्तिकरणमा ठूलो मद्दत पुर्याउने विश्वास समेत व्यक्त गर्नुभयो।
तालिममा वडा नं. ५ का २५ जना महिला सहभागीता रहेको छ । मौरीपालनका आधारभूत र व्यवसायिक जानकारी हासिल गर्नका साथै आर्थिक आत्मनिर्भरता प्राप्त गर्नका लागि यो तालिम महत्वपुर्ण रहेको वडा नं ५ का वडाअध्यक्ष हरि अधिकारीले बताउनुभयो ।
कार्यक्रमले महिलाहरुमा उद्यमशीलता र आत्मविश्वासको भावना जगाउने प्रयास गरेको छ । जसबाट समग्र गाउँपालिकामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |