धादिङबेशी । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङको अध्यक्षमा बद्री प्रसाद कोईराला मनोनित हुनुभएको छ । बागमती प्रदेश सरकार,स्वास्थ्य मन्त्रालयको मिति २०८१ साल फागुन ११ गतेको मन्त्रिस्तरको निर्णय अनुसार नीलकण्ठ नगरपालिका वडा न ८ निवासी कोईरालालाई आयुर्वेद अस्पतालको अध्यक्षमा मनोनित गरेको हो ।
कोईराला प्रदेश स्वास्थ्य सेवा २०७५ को पहिलो संसोधन २०८१ को दफा २६ (ख),उपदफा २ को काम कर्तब्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्न दफा २६ (क) उपदफा ९ बमोजिम पदावधि कायम हुनेगरि दफा २६ (क) उपदफा २ बमोजिम आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङको संचालन तथा ब्यवस्थापन समितिको अध्यक्षमा मनोनित हुनुभएको छ । कोईराला तत्कालिन बालमन्दिर माविको पुर्व प्र.अ. हुनुहुन्थ्यो ।
त्यसैगरी आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङको संचालन तथा ब्यवस्थापन समितिको सदस्यमा कृष्णराज अधिकारी मनोनित हुनुभएको छ । मन्त्रीस्तरको यहि फागुन १२ गतेको निर्णय अनुसार नीलकण्ठ नगरपालिका वडा न ७ तल्लोबेशी निवासी अधिकारी सदस्य पदमा मनोनित हुनुभएको छ । अधिकारी बार एसोसियन धादिङका पुर्व अध्यक्ष तथा मानव अधिकार संगठन धादिङको सभापती समेत हुनुहुन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |