धादिङ,१३ फागुन ।
धादिङको सदरमुकाम धादिङबेसीमा गुरुङ कथानक चलचित्र ङोल्स्यो रामरानीको ‘च्यारिटी सो’ हुने भएको छ । नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको व्यवस्थापनमा ‘च्यारिटी सो’ हुने भएको हो ।
यहि फागुन १६ गते सिटि हलमा चलचित्र ङोल्स्यो रामरानीको ‘च्यारिटी सो’ हुने नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङले जनाएको छ । अहिले चलचित्रको व्यापक प्रचार प्रसार भईरहेको छ ।
चलचित्रको ‘च्यारिटी सो’ को लागि विभिन्न जातिय संघ संस्था देखि विद्यालय, आमा समूह लगायतलाई पत्राचार , पम्पप्लेट टाँस, माईकिङ, विभिन्न सञ्चार माध्यमबाट विज्ञापन गरिएको नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका अध्यक्ष रेखबहादुर गुरुङले बताउनुभयो ।
गुरुङहरुको भाषा, कला, संस्कार संस्कृति समेटिएको उक्त चलचित्रमा राम प्रसाद गुरुङ, सपना गुरुङ, इशा गुरुङ, रेशम गुरुङ, धनसुबा गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । भने चलचित्रलाई विबेक गुरुङले लेखन तथा निर्देशन गर्नुभएको हो ।
गुरुङ जातीको आफ्नो भाषा र कलाको माध्यमबाट सचेतना जागउने उद्देश्यले धादिङबेसीमा पहिलो पटक गुरुङ चलचित्र ङोल्स्यो रामरानीको च्यारिटी गर्न लागिएको अध्यक्ष गुरुङले बताउनुभयो । चलचित्र ‘च्यारिटी सो’ को लागि २ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ ।
१ सय भन्दा बढि टिकट अग्रिम बुक भईसकिएको पनि अध्यक्ष गुरुङले बताउनुभएको छ । चलचित्रको टिकट गुरुङ समुदायले मात्र नभई अन्य समुदायले पनि उत्सुकता पूर्वक अग्रिम बुकिङ गरिदिंदा चलचित्रको ‘च्यारिटी सो’ भव्य हुने देखिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |