धादिङ, १२ फागुन ।
यहि फागुन १६ र १७ गते धादिङबेशीमा हुने बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र पारिएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा हुने साहित्यिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले बताउनु भयो ।
“साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित हुन लागेको बागमती साहित्य महोत्सवले सिंगो प्रदेशको साहित्यिक श्रीवृद्धीमा उल्लेख्य योगदान पुग्ने अपेक्षा राखिएको पनि सचिव सुबेदीले बताउनु भयो ।
महोत्सव तयारीका क्रममा सञ्चालन हुने विभिन्न विधाका समूह छलफल, काव्य सन्ध्या, गजल साँझ र गजल प्रशिक्षणका लागि अतिथिहरुलाई निमन्त्रणा गर्ने कार्य सम्पन्न भएको महोत्सवको सह आयोजक नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले जानकारी दिनु भएकोछ ।
कूल ९ वटा समूह छललफल, फागुन १६ गते साँझमा हुने काव्य सन्ध्या र १७ गतेका लागि विहान गजल प्रशिक्षण र साँझ गजल वाचन गर्ने अतिथिहरुको टुंगो लागेको पनि दाहालले बताउनु भयो ।
त्यसैगरी महोत्सव प्रचार प्रसारको कार्य पनि तिब्र पारिएको छ । प्रचार प्रसार गर्ने क्रममा महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिले नीलकण्ठ वहुमुखी क्याम्पसका विद्यार्थी, नीलकण्ठ नगरपालिका भित्रका नव प्रवेसी शिक्षकहरु, बेनघिाट रोराङ गाउँपालिकाका विभिन्न क्याम्पस र विद्यालयका शिक्षकहरु गजुरी गाउँपालिकामा रहेको आदर्श वहुमुखी क्याम्पस र आदर्श माध्यमिक विद्यालयका शिक्षक एवम्र विद्यार्थीलाई निमन्त्रण दिने कार्यक्रम सम्पन्न भएको समितिका संयोजक एवम् कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष विष्णु प्रसाद आचार्यले बताउनु भयो ।
प्रचार प्रसारकै क्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न क्याम्पस र विद्यालयका शिक्षकहरुलाई निमन्त्रण गरिएको र विभिन्न टेलिभिजन, एफ एम रेडियो तथा अनलाइनबाट सूचना प्रवाह भैरहेको पनि आचार्यले बताउनु भयो ।
धादिङबेसीको नीलकण्ठ वालमन्दिर मा.वि.मा हुने महोत्सवमा १६ गते पहिलो दिन प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले उद्घाटन गर्नुहुनेछ । कार्यक्रम उद्घाटनपछि विभिन्न सत्रका कार्यक्रमहरु सञ्चालन हुनेछन् ।
जस अन्तरगत हाम्रो भाषामा समसामयिकताको प्रश्नः आवश्यकता वा औचित्यमा डा बलदेव शर्मा गाउँलेसंग डा. नविनवन्धु पहाडी, लेखनमा विषय चयनः चयन हुनुपर्ने र छुट्नुपर्नेका निफन नाफनमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, डा ज्ञानु पाण्डे र अम्मराज जोशीसंग पुरु लम्साल, बालसाहित्य, सृजना कला, हाम्रो दायित्वमा कृतिका लौडारी, समीक्षा अधिकारी र अंशिका जोशीसंग प्रकाश पौडेल, साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धनमा डा. दिनेशराज पन्त र प्रकाश सायमीसंग ओम रिजाल, हरिप्रसादका चित्रकलाः रैथाने संस्कृतिको प्रतिबिम्बमा हरिप्रसाद शर्मा र डां विष्णुप्रसाद शर्मासंग कृष्णमुरारी भण्डारी, समालोचनाको वर्तमानः आशाप्रद वा आशयप्रदमा महेश पौड्याल, रमेश प्रभात र हेमप्रभाष अधिकारीसंग श्रीबाबु कार्कीले सहजीकरण गर्नुहुने बताइएको छ ।
त्यसैगरि भविष्य द्रष्टाहरुमा अध्ययनशिलताको सवालः वर्तमान अवस्था र भविष्यको दिशामा राम कुमारी झाँक्री, डा. रामकुमार अधिकारी, सरल सहयात्री र कैलाश कोइरालासंग सुदर्शन खतिवडा, किनाराको साहित्य यात्रा ः कति घाम कति छाँया ? मा चन्द्रप्रसाद न्यौपाने, निमेष निखिल र प्रोल्लास सिन्धुलीयसंग मिलन तिमिल्सिना, नेपालमा नारी लेखनः अनुभव र अनुभूतिको कसीमा सरिता तिवारी, कुमारी लामा र डा गीता त्रिपाठीसंग राजुझल्लु प्रसादले सहजीकरण गर्नुहुनेछ ।
महोत्सवमा बागमती प्रदेश भित्रका मगर, गुरुङ, तामाङ, चेपाङ, नेवाः समुदायका संस्कृति झल्कने झाँकी, गीत तथा नृत्य, कविता र प्रदिप रोदन लगायतका गजलहरु प्रस्तुत हुने आयोजकले जनाएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |