धादिङबेशी । धादिङको नीलकण्ठ–८ ससाह नजिकै थोपल खोलामा फेला परेको शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार उक्त शव नीलकण्ठ नगरपालिका वडा नं. ९ स्याउलीका ३६ वर्षीय राजकुमार गुरुङको रहेको पुष्टि भएको हो । शवको पोष्टमार्टम प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार मृतक गुरुङको शव थोपल खोलाको बगरमा फेला परेको थियो। उनका आफन्तका अनुसार उनी सोमबार रातीबाट सम्पर्कमा थिएनन् । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |