धादिङ, ३० माघ ।
धादिङको धुनिवेशी नगरपालिकामा सञ्चालन भएको नगरपालिका स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी भुवनेश्वरी माध्यमिक विद्यालय हात पारेको छ । प्रतियोगितामा भुवनेश्वरीले १७ स्वर्ण १२ रजत र ५ कास्य सहित प्रथम स्थान हाँसिल गरेको हो ।
यस्तै ७ स्वर्ण १० रजत ९ कास्य सहित मच्छिन्द्र माध्यमिक विद्यालय द्धितीय र ५ स्वर्ण ९ रजत ९ कास्य सहित महेशधर्म माध्यमिक विद्यालय तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम, दृतिय र तृतिय भएका विद्यालय र सहभागी विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
विभिन्न ५४ वटा पदकका लागि भएका प्रतियोगितामा पदक जित्न सफल खेलाडी र विद्यालयलाई पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई सम्मान गर्नुका साथै प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्न सफल विद्यालयलाई नगद सहित प्रशंसा पत्र प्रदान गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |