धादिङ, २६ माघ ।
नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींको २९औं स्थापना दिवस आज देशैभर मनाईएको छ । दिवसकै अवसरमा नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङले नीलकण्ठ नगरपालिका– ८ अमरावतीमा रहेको स्वावलम्बी बहिरा आधारभूत विद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरि मनाएको हो ।
विद्यार्थीहरुलाई कपि, कलम, पेन्सील, कलर, खेलकुदका सामाग्री फुटबल, स्किपिङ, लुडो लगायतका सामाग्री वितरण गरिएको नेपाल तमू(गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका अध्यक्ष रेखबहादुर गुरुङले बताए । ’विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कार्य समिति सदस्यहरुले संकलन गरेको लेबी रकम र ल्होसारको अवसरमा आयोजना गरिएको गुरुङ ड्रेस फोटो कन्टेस्टबाट भएको बचत रकमबाट विद्यालयलाई शैक्षिक सामाग्री उपलब्ध गराइएको होझ उनले भने ।
यस्तै सोही अवसरमा तमुस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समितिका तर्फबाट विद्यार्थीलाई खाजा सहयोग गरेको अध्यक्ष गुरुङले बताए ।
शैक्षिक सामाग्री ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक एवंम संस्थापक राम प्रसाद अधिकारीले अपाङ्गता भएका बालबालिकाको शैक्षिक सुधारमा सहयोग पुग्ने बताए।
’विद्यार्थीले विद्यार्थीका लागि सहयोग गरेको यो पहिलो अनुभव हो । सहयोगी मनहरुको साथ र सहयोगले नै यो संस्था चलिरहेको छ उनले भने– ’गुरुङ विद्यार्थीहरुको यो सहयोगले अपाङ्गता भएका बालबालिकालाई ठूलो राहत पुगेको छ । नेपाल तमू(गुरुङ) विद्यार्थी छोंज धीं धादिङका विद्यार्थीलाई विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद अनि आभार छौं ।
नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींको २०५२ साल माघ २६ गते बुटवलमा भएको प्रथम राष्ट्रिय सम्मेलन गर्दै भिम गुरुङको अध्यक्षतामा स्थापना भएको थियो । संस्थाले तमू विद्यार्थीको हक अधिकार संरक्षण तथा विभिन्न सामाजीक सेवाका कार्यहरु गर्दै आईरहेको छ । धादिङ शाखाले पनि सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आइरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |