धादिङबेशी । धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्बर ५ ले आफ्नै क्षेत्रभित्र रहेका १० वटा सामुदायिक विद्यालयलाई स्मार्ट टिभी तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
वडा अध्यक्ष कुमार अधिकारीका अनुसार विद्यार्थीहरूको सिकाइ प्रक्रिया प्रभावकारी बनाउने उद्देश्यले आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । स्मार्ट टिभी र शैक्षिक सामग्रीको उपलब्धताले विद्यार्थीहरूको शिक्षामा प्रविधिको सहज पहुँच सुनिश्चित गर्ने विश्वास लिइएको छ ।
विद्यालयमा डिजिटल माध्यमको प्रयोगले शिक्षण सिकाइ प्रक्रियालाई सहज बनाउनुका साथै विद्यार्थीहरूलाई प्रविधिसँग जोड्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै, आगामी दिनमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने वडा कार्यालयको योजना रहेको वडा अध्यक्ष अधिकारीको भनाई छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |