धादिङ,१० माघ ।
नेपाल सरकारका उप–प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले धादिङबेशीमा आयोजित लोक सांस्कृतिक महोत्सवको उद्घघाटन गर्नुभएको छ। कार्यक्रममा उहाँले महोत्सवको पूर्ण सफलताको कामना गर्दै धादिङको लोक संस्कृतिलाई जोगाउन यस प्रकारका महोत्सवले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो।
उहाँले महोत्सव आयोजना गर्ने संघ संस्था तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै भन्नुभयो, “संस्कृतिलाई जोगाउने कार्य अत्यन्तै प्रशंसनीय छ। तपाईँहरूले यस क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ। म तपाईँहरूको प्रयासलाई उच्च मूल्याङ्कन गर्दछु।“
उप–प्रधानमन्त्री सिंहले धादिङ जिल्लाको विकास र पूर्वाधार निर्माणका कार्यक्रमबारे पनि चर्चा गर्दै संघीय, प्रदेश, र स्थानीय सरकारहरू मिलेर आवश्यकता र प्राथमिकताका आधारमा कार्यक्रम अघि बढाइने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सबै काम एकैपटक सम्भव छैन, तर आवश्यकता र प्राथमिकताको आधारमा परियोजनाहरू अघि बढाउन हामी सक्दो सहयोग गर्नेछौं।“
‘लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारा सहित आजदेखि धादिङबेशीमा पहिलो पटक लोक सांस्कृतिक महोत्सव सुरु भएको हो । उद्धघाटन अघि धादिङबेसी पुछारबजारबाट बहु साँस्कृतिक भाषा भाषीको प्रतियोगितात्मक झाँकी सहितको ¥याली निकालिएको थियो ।
धादिङको रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताउनुभयो ।
उहाँले भनुभयो, ‘अन्तरपालिका लोक दोहोरी प्रतियोगिता महोत्सवको प्रमुख आकर्षण हुनेछ । प्रतियोगितामा धादिङका सबै स्थानिय तहको ११ टिम र अन्य दुई टिम गरी १४ टिमको सहभागिता रहने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दैनिक प्रस्तुति रहने छ ।
कलाकारको संरक्षण गर्ने र धादिङको मौलिक कला संस्कृतिको प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवबाट भएको खुद नाफाबाट कलाकार लोक कल्याणकारी कोष स्थापन गरिने आयोजक संस्था सामुदायिक संचार तथा विकास केन्द्र धादिङका अध्यक्ष दिपक कोईरालाले बताउनुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ, सामुदायिक संचार तथा विकास केन्द्र धादिङको आयोजना नीलकण्ठ नगरपालिकाको संरक्षक तथा धादिङ उद्योग वाणिज्य संघको प्रवद्र्धक महोसव भएको हो ।
माघ १० गते बिहीबारदेखि सुरु भएको महोत्सव माघ २० गतेसम्म चल्नेछ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |