धादिङबेशी । नेकपा माओवादी केन्द्र गंगाजमुना गाउँसमितिको अध्यक्षमा रामेश्वर सिंम्खडा चयन हुनुभएको छ । शनिबार तेस्रो सम्मेलन पछिको पहिलो बैठकले गत मंसिर २८ गते निर्वाचित ४५ सदस्य मध्ये ज्येष्ठ सदस्य रामेश्वर सिंखडालाई सर्वसहमत अध्यक्षमा चयन गरिएको हो ।
त्यसैगरि उपाध्यक्षमा राजकुमार कार्की, यम तामाङ र किन्द्र बहादुर अधिकारी, सचिवमा टिकाराम न्यौपाने, कोषाध्यक्षमा कुमार बहादुर अधिकारी र सह–सचिवमा भद्र कुमारी रोकाया लगायत ३८ जना सदस्यहरु रहने गरि सर्वसम्मत गाउँसमिति चयन गरिएको हो ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सहसचिव दल बहादुर बुर्लाकोटी (बिजय) र नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा गंगाजमुना गाउँपालिका ईन्चार्ज नवराज अधिकारीको विशेष आतिथ्यता नेतृत्व चयन गर्ने पहिलो बैठक सम्पन्न भएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |