धादिङ,१९ पुष ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ताल्तिमा भएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा चार सय १५ जनाले सेवा लिएका छन् । धादिङ अस्पतालका विशेषज्ञ चिकित्सक सहित २७ जनाको प्राविधिक टोलिले सेवा दिएको शिविरमा चार सय १५ जनाले सेवा लिएका हुन् ।
लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीको आयोजना, बेनिघाट रोराङ गाउँपालिकाको सह–आयोजना, जनस्वास्थ्य कार्यालय धादिङको समन्वय र धादिङ अस्पतालको प्राविधिक सहयोगमा निशुल्क शिविर भएको हो ।
विशेषगरी सिमान्तकृत चेपाङ समुदाय लक्षित गरि स्वास्थ्य शिविर गरिएको लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीका अध्यक्ष कृष्ण ढकालले बताउनुभयो।
लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीले यस अघि पनि विभिन्न ठाउँमा यस्तै थुप्रै सामाजिक कार्य गर्दै आएको छ । आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा काम गर्ने ढकालले बतानुभयो ।
धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारी नेतृत्वको विशेषज्ञ चिकित्सक टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो । शिविरले आम नागरिकमा स्वास्थ्य चेतना थपेको डाक्टर अधिकारीले बताउनुभयो । ठुलो स्वास्थ्य समस्या परे मात्रै स्वास्थ्य संस्था पुग्ने गरेका ग्रामिण क्षेत्रमा रहेका नागरिकहरुलाई यस शिविरले नियमित स्वास्थ्य परिक्षण गर्नु पर्छ भन्ने सन्देश दिएको उहाँको भनाइ छ ।
लायन्स इन्टरनेशनल डिस्टिक ३२५ का गभर्नर विनोद ढुंगानाले स्थानीय विपन्न समुदायको स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न शिविरले महत्वपूर्ण भूमिका खेल्ने हुदा यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास रहेको उनको भनाई छ ।
बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले नागरिकको आधारभूत आवश्यकता प्रवाहमा विशेष जोड दिएको बतायुनभयो। श्रोत साधनको कमिका कारण नागरिकलाई चाहे अनुसार सेवा प्रवाह गर्न नसकिएको भएप्नि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विशेष योजना बनाएर अघि बढी रहेका उहाँले बताउनुभयो ।
शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरु र मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |