धादिङ,१९ पुष ।
नेकपा (माआवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङको अध्यक्षमा पुनः शंकर तामाङ चयन भएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ बागमती प्रदेशका अध्यक्ष मिलन लामाको प्रमुख आतिथ्यता, बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, माआवादी केन्द्र धादिङको संयोजक मनराज भण्डारी (शैलेस), जिल्ला सचिव दिपक लामिछाने (सुवोध) को विशेष आतिथ्यतामा भएको पाँचौं जिल्ला सम्मेलनबाट अध्यक्षमा पुन शंकर तामाङ चयन भएका हुन् ।
नव गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भरत थापा, उपाध्यक्षमा राजकुमार सुवेदी, सचिवमा कृष्ण भट्ट, कोषाध्यक्षमा दिपक काफ्ले र सह सचिवमा सीता तामाङलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा मानबहादुर मगर, सुरज परियार, निस्चता तामाङ, मु परियार, देवबहादुर तामाङ, हरिराम तामाङ, दुखी महतो, टिका गुरुङ र एबी थिङ चयन भएका छन्
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |