धादिङ अस्पतालको व्यवस्थापन तथा संचालन समितिका नवनियुक्त अध्यक्ष राधिका सापकोटाले आज पदभार ग्रहण गर्नुभएको छ ।
आज एक कार्यक्रमका बीच सापकोटाले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै सापकोटाले अस्पताल संचालन तथा व्यवस्थापन समितिको आज बसेको बैठकले तीन वटा निर्णय गरेको बताउनुभयो ।
जसमध्ये भवन निर्माणको लागि डिपीआर संशोधन गरी बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्वीकृत गराई निर्माण कार्य अगाडी बढाउने, डायलाईसिस सेवालाई थप विस्तार गरी डायलाईसिस सेवा लिन प्रतिक्षारत बिरामीहरुलाई सेवा प्रवाहको व्यवस्था मिलाउने र अस्पतालमा खानेपानी समस्यालाई समाधान गर्न प्रदेश सरकारसँग पहल गरी खोनपानीको डिपबोरिङ गर्ने निर्णय गरिएको सापकोटाले बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |