धादिङ, ः जिल्लामै पहिलो पटक किवी खेती शूरु गरेका श्रीकृष्ण अधिकारी अहिले अरुलाई किवी खेतीमा लाग्न प्रेरणा बाढ्दै हिडिरहेका छन् । आफुले १५ रोपनी जग्गामा २०७२ सालदेखि खेती गरेर र तेश्रो वर्षबाट राम्रो आम्दानी गरेकोले अरुलाई पनि सिकाउन मन लाग्छ भन्छन् अधिकारी । मध्ये पहाडी क्षेत्रमा राम्रो खेती गर्न सकिने किवीको लागि धादिङको माटो र हावापानी उपयुक्त छ । अन्य वाली भन्दा खेती गर्न सजिलो एक पटकको लागनीबाट वर्षौ उत्पादन लिन सकिने भएकाले किवी खेतीमा लागेका अधिकारीले बताए ।
शुरुमा ३०० विरुवा लगाएको तेश्रो वर्षबाट उत्पादन शुरु भयो । शूरुमा अलि लगानी परेपनि दिर्घकालसम्म हुन्छ । एक वर्ष बढी उत्पादन हुने र अर्को वर्ष कम उत्पादन हुने हुन्छ । यो वर्ष करिव साढे दुई टन उत्पादन भयो । उत्पादन भण्डार गर्ने क्रममा दिनप्रतिदिन तौल कम हुदै जान्छ । हाल सम्म एक टन विक्री गरे । अव एक टन विक्री गर्न सकिन्छ । मैले ग्रडिङ गरेर किवी बजार लान्छु । ए ग्रेडको प्रति केजी तीन सय रुपयाँ र बि ग्रेडकोलाई दुई सय रुपयाँ विक्री गरिरहेको छु । सि ग्रेडको लाई प्रति केजी पचास रुपयाँ विक्री गरिरहेको छु । धादिङ बजारमा मेरा नियमित उपभोक्ता छन् । उहाँहरुले फोन गरेर माग गर्छन । म घर घरमा पु¥याउन जान्छु । त्यही भएर लामो समयसम्म किवी भण्डार गरेर राख्न परेको छ ।
व्यापारीलाई बिक्री गर्दा सस्तोमा विक्री गर्नु पर्ने भएकाले दिइन । बरु लामो समय दुख गरेर भएपनि आफ्नै उपभोक्तालाई बेच्छु भनेर व्यापारीलाई दिइन । गत वर्ष एक हजार दुई सय क्वीन्टल विक्री गर्दा तीन लाख पचास हजार रुपयाँ आम्दानी भएको थियो । यस वर्ष २० क्वीन्टल विक्रीबाट पाँच लाख रुपयाँ आम्दानी हुने अनुमान छ । जिल्लामा तरकारी तथा फलफूल राख्ने शतिभण्डार नभएकाले लामो समय राख्न नसकिएकाले राम्रो मूल्य पाउन नसकेको अधिकारीले बताए ।
लामो समय कपडा पसल गरेका नीलकण्ठ नगरपालिका वडा ३ का श्रीकृष्ण अधिकारीले २०७२ सालबाट वडा नं. १ काउलेमा किवी खेती गरेका छन् । अन्य खेतीको तुलनामा किवि खेतीबाट ३ गुणा भन्दा बढि फाईदा लिन सकिन्छ । किविको नियमित सेवनले निरोगी बन्न मद्धत गर्नुको साथै किविलाई बढि पौष्टिक आहारको रुपमा समेत लिएको अधिकारीले बताए । विस्तारै जिल्लाको रुवीभ्याली, नेत्रावती डवजोङ, गजुरी, बेनिघाट रोराङका र नीलकण्ठ कै ज्यामरुङमा समेत किसानहरुले किवि खेतीको सुरुवात गरेका छन् । कम लागतमा बढी आम्दानी लिनृ सकिने किवी खेती धादिङको लागि उपयुक्त खेतीको रुपमा रहेको छ । तीनै तहको सरकार मिलेर धादिङलाई किविको हव बनाउन लाग्नु पर्ने अधिकारीको धारण रहेको छ । युवाहरु पलायन भैरहेको बेला किवी खेतीको विस्तारले बाझो जमिन सदुपयोग हुनुका साथै देशमा नै रोजगारी सिर्जना हुने छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत पेय पर्दाथ बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अधिकारीले बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |