धादिङ,१९ मंसिर ।
सिद्धलेक गाउँपालिकाले पहिलो पटक एकीकृत घुम्ती शिविर संचालन गरेको छ । मंगलबार सिद्धलेक गाउँपालिका–२ खिर्रे स्थित नलाङ पात्ले मा.विमा घुम्ती शिविर संचालन गरेको हो ।
गाउँपालिकाले वडा नं १, २ र ३ का स्थानीयवासीलाई लक्षित गर्दै विभिन्न सरकारी सेवा र सुविधाहरू एकै स्थानबाट उपलब्ध गराएको हो । नागरिकलाई घर दैलोमै आवश्यक सेवा पु¥याउने, समय र खर्च बचत गर्दै स्थानीय तहको सेवामा पहुँच वृद्धि गर्ने तथा समुदायमा जनचेतना फैलाउने उद्धेश्यका साथ घुम्ती शिविर संचालन गरिएको गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष खतिवडाले यस प्रकारका कार्यक्रमले जनताको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्ता शिविरलाई निरन्तरता दिने योजना रहेको जानकारी दिनुभयो । यस शिविरले दुर्गम क्षेत्रका नागरिकलाई सेवा प्राप्तिमा सहजता पु¥याउँदै स्थानीय तह र जनताको सम्बन्धलाई अझ बलियो बनाएको अध्यक्ष खतिवडाको भनाइ छ ।
पालिका सम्म धाउनुपर्ने बाध्यता कम गर्नको लागि गाउँ स्तरमै एकिकृत घुम्ती शिविर सन्चालन गरीएको उपाध्यक्ष सविता अर्यालले जानकारी दिनुभयो । पालिकाबाट प्रभावकारी रुपमा सेवा दिनु पर्छ र नागरीकहरुले लिनु पनि पर्छ भन्ने उद्धेश्यका साथ पहिलो पटक शिविर संचालन गरिएको उपाध्यक्ष अर्यालको भनाइ छ ।
पालिका र वडाबाट प्रवाह हुने सम्पुर्ण सेवाहरु १, २ र ३ नम्बर वडाका नागरीकहरुलाई एकै ठाउँमा संचालन गरिएको वडा नं २ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक शम्भु गुरुङ (सागर) ले बताउनुभएको छ । अहिले सुरुवातको रपमा संचालन गरिएको शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभएको छ ।
शिविरमा स्वास्थ्य जाँच, औषधि वितरण, मातृ तथा बाल स्वास्थ्य परामर्श, कोभिड खोप, अपाङगता परिचय पत्र वितरण, जेष्ठ नागरिक कार्ड वितरण, सिफारिस, कृषक समुह नविकरण तथा कृषक समुह दर्ता लगायतका सेवाहरु प्रदान गरिएको थियो ।
त्यसैगरी कृषि र पशुपालनसँग सम्बन्धित परामर्श, रोग नियन्त्रणका उपाय र आधुनिक खेती प्रणालीबारे जानकारी दिने सेवाहरूले पनि शिविरमा आकर्षण थपेका थिए ।
शिविरबाट ४ सय ६५ जनाले सेवा लिएको सुचना प्रविधि अधिकृत राम कुमार अधिकारीले जानकारी दिनुभयो । शिविरमा पशु शाखाबाट ११२ जना, कृषि शाखाबाट ६१ जना, स्वास्थ्य शाखाबाट १६५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् भने १०५ जना कोभिड खोप लगाएका छन् । त्यसैगरी ४ जनालाई अपाङगता परिचय पत्र, १ जनालाइ जेष्ठ नागरिक कार्ड वितरण गरिएको छ । अधिकारीका अनुसार वडा नं २ का १२ जनाले सिफारि र वडा नं २ का ५ जनाले कृषक समुह नविकरण तथा कृषक समुह दर्ता गराएका छन् ।
शिविरमा नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। गाउँपालिकाले वडा स्तरमै संचालन गरेको यस शिविरले सेवा लिन सहज भएको स्थानियहरुको भनाइ छ । यस्ता शिविरले समुदायलाई प्रत्यक्ष फाइदा पु¥याउने भन्दै आगामी दिनहरुमा पनि आयोजना गर्नुपर्ने स्थानियहरुले माग गरेका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |